‘व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन अवस्थामा एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाडामा नेता लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको र अन्तिममा उचित निकास निकालेको बताए ।
नेकपा कालमा आफुले नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको र कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको उहाले स्मरण गरे । उनले एमसीसीमा एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको र व्याख्यात्मक टिप्पणीमा जोड दिएको धारणा राखे ।

प्रतिक्रिया