२.३५ अंकले बढ्याे नेप्से, सात अर्ब ३१ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव ३५ अंकले बढेर २८ सय ३६ दशमलव ३५ अंकमा चढेको छ ।
नेप्सेमा आज ३२० वटा कम्पनीहरुको ९३ हजार एक सय ८५ पटककको कारोबारमा दुई करोड १६ लाख ५७ हजार सात सय छ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सूचक चार दशमलव ७८ अंंकले घटेर १४ सय ८० दशमलव ७४ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक पनि २२ दशमलव ११ अंकले घटेर छ हजार एक दशमलव १९ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि ५३ दशमलव शुन्य नौं अंकले घटेर १३ हजार तीन सय आठ दशमलव ९६ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ३१ दशमलव १९ अंकले घटेर १२ हजार सात सय नौं दशमलव ८८ अंकमा झरेको छ । यि बाहेक होटेल तथा पर्यटन र उत्पादनमुलक समूहको सूचक पनि क्रमशः छ दशमलव ८९ र तीन दशमलव ५२ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया