मंगलबार, मंसिर २३, २०८२

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

नेपालखोज २०८२ साउन २१ गते २०:०१

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदहरूले मदिरा तस्करी नियन्त्रणमा गम्भीर हुन आग्रह गर्दै तस्करलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सदस्यहरू रञ्जुकुमारी झा र रेखा यादवले सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको घटनाको वि रोध जनाएका छन् ।

सभाको आजको बैठकमा विशेष समयमा उनीहरूले तस्करी नियन्त्रणका क्रममा गोलीगठ्ठाको प्रयोग नगरी तस्करीमा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा सप्तरीमा प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको मृत्यु भएको थियो । भारतीय सीमा नजिकबाट मदिरा तस्करीमा ‘सर्च अप्रेसन’ चलाउँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

सांसदहरूले तस्करीले राजस्व चुहावट र नियन्त्रणका क्रममा जनताको मृत्यु भइरहेको भन्दै यसतर्फ गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया