रुस-युक्रेन युद्ध : ट्रम्पले चाँडै पुटिनलाई भेट्ने सम्भावना
नेपालखोज
२०८२ साउन २२ गते ९:४४

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको बारेमा छलफल गर्न चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने ‘धेरै सम्भावना’ रहेको बताएका छन् ।
बुधबार, ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटे। यो भेटलाई ‘उपयोगी र रचनात्मक’ भनी वर्णन गरिएको छ ।
युक्रेनमा युद्धविराममा सहमति जनाउन अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदैछ । अमेरिकाले सम्झौता नभए रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
बुधबार नै अमेरिकाले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत थप कर लगाउने घोषणा गर्यो । यो कदम भारतले रुसबाट तेल खरिद गर्ने सम्बन्धमा उठाइएको हो । बीबीसी
सम्बन्धित

प्रतिक्रिया