रविलाई जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्ने छ : अध्यक्ष भट्टराई
नेपालखोज
२०८२ साउन २२ गते १४:२२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रवि लामिछानेलाई जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन् ।
बिहीबार भैरहवा कारागारमा लामिछानेसंग भेट गरेर बाहिरिने क्रममा भट्टराईले जनताको प्रतिनिधि भएको व्यक्तिलाई बाहिर जमानतमा रहेर मुद्दा लड्न दिने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
सांसदलाई थुनामा राख्दा जनतालाई अन्याय हुने भएकाले कसैमाथि पनि राजनीतिक ढङ्गले अन्याय हुन नहुने उनको भनाइ छ । उनले रवि लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको भन्दै कसैलाई पनि सूचनाबाट बञ्चित गर्न नहुने बताए ।
भैरहवा कारागारमा लामिछानेलाई राखेको ठाँउ पनि आफुलाई उचित नलागेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया