बजाज चेतक ईभी नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि तयार

नेपालखोज २०८२ साउन २२ गते १५:१८

काठमाडौं । बजाज अटो लिमिटेड, नेपालमा बजाज टु ह्विलर को एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., को सहकार्यमा ल्ब्क्ष्ःब् नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रतिष्ठित बजाज चेतक ईभीको प्रदर्शन गरिएको छ ।

यो प्रदर्शनी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । एक गतिशील र इमर्सिभ स्टलसँग, ब्रान्डले आगन्तुकहरूलाई चेतक ईभीको टाइमलेस डिजाइन र स्मार्ट विद्युतीय सुविधाहरू अनुभव गर्न आमन्त्रित गर्दछ जसले चेतक ईभीलाई नेपालको सबैभन्दा विश्वासिलो विद्युतीय स्कुटर मध्ये एक बनाउँनेछ ।

एक प्रिमियम ईभी अनुभवको प्रतिक्षा
नाईमा एक्स्पो २०२५ मा, बजाजको विशेष चेतक ईभी स्टलमा आगन्तुकहरूले चेतक घछण्ज्ञ विद्युतीय स्कूटरसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्, जसबाट उनीहरू यसको डिजाइन, निर्माण र कार्यक्षमतामा फस्र्ट ह्यान्डको अनुभव प्राप्त गर्नेछन् ।

प्रदर्शनीमा चार्जिङ क्षमताहरू, स्माट टिएफटी डिस्प्ले, र उन्नत सुरक्षा कार्यक्षमताहरू जस्ता प्रमुख सुविधाहरूको प्रत्यक्ष प्रदर्शन गरिनेछ । सहभागीहरूले टेस्ट राइडहरूको लागि दर्ता गर्ने र स्थलमै बुकिङ गर्ने अवसर पनि पाउनेछन्।

स्टलको जीवनशैली प्रेरित लेआउट, विशेषज्ञ ईभी सल्लाहकारहरूको समर्थनमा, आगन्तुकहरूलाई विस्तृत उत्पादन सन्देश मार्गदर्शन गर्नेछ, जसले यसलाई एक अत्यन्तै इमर्सिभ विद्युतीय मोबिलिटी अनुभव बनाउनेछ ।

प्रदर्शनीमा यस सहभागिताले देशको बढ्दो ईभी समुदायसँग प्रत्यक्ष संलग्न हुँदै नेपालमा विद्युतीय मोबिलिटीलाई बलियो बनाउन बजाजको निरन्तर प्रतिबद्धतालाई दर्शाउँछ ।

कार्यक्रमअघि गोल्छा समूहका निर्दैशक,अभिमन्यु गोल्छाले भने, ‘हामी बजाज चेतक ईभीलाई नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ल्याउन उत्साहित थियौ । चेतक नेपालका धेरै घरधनीहरूको लागि एक भावनात्मक ब्रान्ड हो, र यसको विद्युतीय संस्करणले त्यो धरोहरलाई नवाचार, बौद्धिकता र पर्यावरणीय जिम्मेवारीसँग जोड्नेछ। यो उपस्थितिले मानिसहरूलाई चेतकको भविष्यलाई व्यक्तिगत रूपमा अनुभव गर्ने अवसर प्रदान गर्छ ।’

नाईमा एक्स्पोमा चेतक ईभी स्टलमा भ्रमण
सशक्त डिजाइन, व्यावहारिक विद्युतीय प्रदर्शन र डिजिटल इन्टेलिजेन्स्सँग, बजाज चेतक ईभी ल्ब्क्ष्ःब् २०२५ को एक प्रमुख आकर्षण बन्नेछ । सबै ईभी उत्साही र सम्भावित सवारहरूलाई चेतक स्टलमा भ्रमण गर्न, टेस्ट राइड बुक गर्न र बजाजसँग शहरी यात्रा भविष्यको अन्वेषण गर्न आमन्त्रित गरिन्छ ।

बजाज चेतक ईभीको बारेमा
चेतक ३५०१ बजाजको प्रमुख विद्युतीय स्कूटर हो, जसले रेट्रो-मोडर्न स्टाइलिङलाई अत्याधुनिक ईभी प्रविधीसँग जोड्दछ । यो एकल चार्जमा १५३ किमीको प्रमाणित दायरा प्रदान गर्दछ, जसले यसलाई शहरी यात्रा र विस्तारित सवारी दुबैका लागि आदर्श बनाउँछ ।

यो सम्पूर्ण मेटल बडीबाट बनाइएको र क्ष्एटठ मूल्याङ्कन गरिएको स्कूटरलाई सबै मौसमको अवस्थाहरूमा भरपर्दो प्रदर्शन गर्न डिजाइन गरिएको छ । यसको ५ इन्च त्ँत् स्मार्ट कन्सोलले नेभिगेसन,म्यूजिक कन्ट्रोल र कल ह्यान्डलिङ सुविधा छ, जसले सवारी अनुभवलाई सहज बनाउँछ ।

अतिरिक्त सुविधाहरू जस्तै कीलेस एक्सेस, जियो–फेन्सिङ, दुर्घटना सूचनाहरू र एंटी थेफ्ट सुरक्षा सुविधा समेत छ । ३५ लिटरको अन्डर-सीट स्टोरेज र छिटो चार्जिङ क्षमतासँगै ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म ३ घण्टामा चार्ज गर्दछ, चेतक घछण्ज्ञले पा्रविधिक र व्यावहारिक विद्युतीय मोबिलिटीको नयाँ आयम प्रस्तुत गरेको छ।

प्रतिक्रिया