एकै दिन पाँच राजदूतावास अगाडि शान्ति समाजले प्रदर्शन गर्ने
नेपालखोज
२०८२ साउन २३ गते १०:४३

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले एकै दिन पाँच राजदूतावास अगाडि प्रदर्शन गर्ने भएको छ ।
शान्ति समाजले ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवस अवसरमा शान्ति समाजले काठमाडौँस्थित अमेरिका, रुस, चीन, संयुक्त अधिराज्य ९ब्रिटेन० र फ्रान्सका राजदूतावास अगाडि गर्ने भएको हाे । प्रदर्शन २०८२ असोज २ गते बिहीबार दिउँसो १ बजे आधा घण्टाको हुनेछ ।
अन्तर्राष्ट्रिय शान्ति दिवसले समस्त मानवतालाई सबै मतभेद भन्दा माथि उठेर शान्तिका लागि प्रतिबद्ध हुन र शान्ति संस्कृतिको योगदान गर्नका लागि विश्वव्यापी रूपमा साझा मिति प्रदान गर्दछ भने अहिंसा र युद्धविरामको माध्यमबाट शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनको रूपमा शान्ति दिवसको घोषणा भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया