भारत भन्छ – परमाणु धम्की दिनु पाकिस्तानको आदत

नेपालखोज २०८२ साउन २७ गते ९:३०

काठमाडौं । भारतले परमाणु धम्की दिनु पाकिस्तानको आदत भएको बताएको छ । पाकिस्तानी सैन्य प्रमुख आसिम मुनिरको परमाणु धम्कीमा भारतले पाकिस्तानको परमाणु धम्की दिनु् पहिलेदेखिकै आदत भएको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयले परमाणु धम्की दिनु भारतको पुरानै आदत भएको जनाएको हो । भारत परमाणु ब्ल्याकमेलप्रति नझुक्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

भारतले भनेको छ – हामीलाई आफ्नो सुरक्षा गर्न आउँछ ।

भारतले कुनै मित्र देशको भूमिमा गएर गरिएको यो टिप्पणी खेदजनक छ । यो हर्कतले उक्त देशप्रति पनि शंका पैदा हुने भारतले जनाएको छ ।

अमेरिकी भ्रमणका क्रममा मुनिरले भनेका थिए, ‘हामी भारतमा सिन्धू नदीमा बाँध बन्ने समय कुर्नेछौँ र भारत जब यसो गर्छ तब १० मिसाइल हानेर उसलाई भत्काइदिनेछौँ । किनकि हामीसँग मिसाइलको कमी छैन ।’

प्रतिक्रिया