साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

काठमाडौं । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले आज सम्झौतापत्रमा हस्ताक्षर गरे ।
राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ । साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइन् ।
उनले यसबाट नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले म्याक्सिम्याक्सलाई धन्यवाद दिँदै यसले अन्य खेलाडी पनि बाटो खुल्ने भनाइ व्यक्त गरे । साम्बाले म्याक्सिम्याक्सको प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।








प्रतिक्रिया