बागमती प्रदेश सभाको बैठक आज बस्ने
नेपालखोज
२०८२ साउन २८ गते १०:१२

काठमाडाैं । बागमती प्रदेश सभाको बैठक आज बिहान ११:०० बजे बस्ने भएकाे छ ।
बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ-आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ ।
सम्बन्धित

प्रतिक्रिया