‘डिजिटल प्लेटफर्ममा देखिएका समस्याको समाधानका लागि सरकारकाे ध्यान आवश्यक छ’

नेपालखोज २०८२ साउन २९ गते १२:४७

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकारकाे ध्यान आवश्यक रहेको बताएका छन् ।

कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा बिहीबार सानेपामा आयोजित डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर विषयक कार्यक्रममा सभापति देउवाले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिएपनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पुर्याएको भन्दै त्यसमा सरकारले ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

उनले सवै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको धारणा राखे । डिजिटल प्लेटफर्मको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक रहेको उहाले बताए ।

सभापति देउवाले कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले अहिले नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको जिकिर गरे ।

यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै कामहरु अझै गर्न बाँकी नै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया