‘निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट’

नेपालखोज २०८२ साउन ३० गते १०:४७

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराजजोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएकोबताएका छन् ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार नगरकोट भ्रमण वर्ष २०८२को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममाबोल्दै सीईओ जोशीले निजी क्षेत्रको अग्रसरतामा विकास भएको लोकप्रियपर्यटनस्थल नगरकोटलाई पुनः ब्रान्डिङ गर्दै अन्तर्राष्ट्रियस्तरमाप्रवद्र्धन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सीईओ जोशीले भने, ‘होटेल व्यवसायीहरुको आपसी प्रतिस्पर्धाका बीच पनिसहकार्यमा आधारित उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यको नगरकोट स्थापित छ । आजजुन सहकार्यमा वृत्तचित्र बनेको छ, यसलाई हामीले अन्तर्राष्ट्रियमञ्चहरुमा विदेशी पर्यटकहरुलाई विभिन्न इभेन्ट्सहरुमा प्रदर्शन गर्नेछौं ।’

नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्जालमा पनि राम्रोभइसकेको उल्लेख गर्दै सीईओ जोशीले नगरकोट जाने पर्यटकहरुलाई गुणस्तरीयसेवामा ध्यान दिनुपर्नेसमेत बताएका छन् । नगरकोटका ठूला होटलहरु क्लबहिमालय, होटल कन्ट्री भिल्ला, होटल मिस्टिक माउन्टेन, काभ्या हिमालयज्,सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एण्ड दी हिमालय’शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष२०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको हो ।

नगरकोटको ऐतिहासिक स्थलहरु, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाईसमेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने क्लबहिमालयका सञ्चालक योगेन्द्र शाक्यले विश्वास व्यक्त गर्नुभयो । पर्यटकीयगन्तव्यको रुपमा ख्याति प्राप्त एवं मोडल गन्तव्यको रुपमा परिचित नगरकोटदेशभित्र र विश्व पर्यटन बजारमा प्रबद्र्धन गर्ने उद्देश्यले योवृत्तचित्र निर्माण गरिएको पनि शाक्यले जानकारी दिएका छन् ।

वरिष्ठ होटेल व्यवसायी शाक्यले थपे, ‘नगरकोट अब ‘कम्पोरेटिङ मोडल’(प्रतिस्पर्धाका साथै सहकार्य) मा अगाडि बढिरहेको छ । चार नगरपालिका मिलेरपहिलोपटक एउटै गन्तव्य प्रवद्र्धन गर्ने यो पहल ऐतिहासिक मान्न सकिन्छ ।’

शाक्यका अनुसार नगरकोटमा पुराना होटलदेखि नयाँसम्म उच्चस्तरीय सुविधासहितकोलगानी भइरहेको छ, जसलाई नमुना स्वरूप नेपालका अन्य गन्तव्यमा पनि विस्तारगर्न सकिन्छ । नगरकोटको विगत स्मरण गर्दै उनले भने, ‘सन् १९८८ मा म यहाँआउँदा यो नाङ्गो डाँडा थियो, हिमाल स्पष्ट देखिन्थ्यो । तर जलवायुपरिवर्तनका कारण हिउँ पग्लिन थालेको छ । नगरकोटलाई अब केवल ‘सनराइज-सनसेट’मात्र नभई यसका अन्य पक्षमा पुनः ब्रान्डिङ गर्नुपर्ने समय आएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नगरकोट भ्रमण वर्ष२०८२ को अवसरमा निर्माण गरिएको वृत्तचित्र सार्वजनिक–निजी साझेदारीकोउत्कृष्ट नमुना भएको बताए । उनले यस अभियानअन्तर्गत उक्त भिडियोसँगै अन्यप्रचारात्मक गतिविधि र अन्तर्राष्ट्रिय स्तरका करिब ५४ कार्यक्रममार्फतनगरकोटलाईविश्वपर्यटन बजारमा थप आकर्षक रूपमा प्रस्तुत गरिने समेत बताएकाछन् ।

प्रतिक्रिया