सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८२ साउन ३० गते ११:०८

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९६ हजार २०० मा कायम भएको छ । बिहीबार छापावाल सुनकाे मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया