अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्नेछ : लाभरोभ

नेपालखोज २०८२ साउन ३० गते १७:०९

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको अलास्का शिखर सम्मेलनमा रुसले आफ्नो स्पष्ट धारणा राख्ने रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताएका छन् ।

उनले भने, हामीले पहिले नै कुनै योजना बनाएका छैनौँ, रुसी नेता लाभरोभले अलास्का पुगेपछि रोसिया–२४ टिभी च्यानलसँग भने, हामीलाई थाहा छ, हामीसँग बहस छ, स्पष्ट र बुझ्न सकिने स्थिति छ । उनले आफूहरुले आफ्नो तर्क स्पष्ट पार्ने बताए ।

ट्रम्पका विशेष दूत स्टिभ विटकोफको रुस भ्रमणका क्रममा वार्ताका लागि महत्वपूर्ण आधार राखिएको बताउँदै उनले भने, हामी आशा गर्दछौँ, यो धेरै उपयोगी कुराकानी भोलि हुने शिखर सम्मेलनमा राखिनेछ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच शुक्रबार अलास्काको एन्कोरेजमा भेटवार्ता हुने कार्यक्रम छ ।

रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले दुई नेता र उनीहरूका दोभासेहरू मात्र सहभागी हुने गरी एक्लाएक्लै बैठक सुरु हुने र त्यसपछि दुवै पक्षका पाँच–पाँच जना प्रतिनिधिको उपस्थितिमा विस्तारित वार्ता हुने जानकारी दिए ।

उशाकोभले युक्रेन सङ्कट समाधानका साथै ‘शान्ति र सुरक्षा सुनिश्चित गर्नका लागि व्यापक गृहकार्य गरिने र वर्तमान र सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू’ लाई सम्बोधन गर्न वार्तामा ध्यान केन्द्रित गरिने उनले बताए ।

प्रतिक्रिया