५ करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन
नेपालखोज
२०८२ साउन ३१ गते ११:४८

नवलपरासी । सुस्ता गाउँपालिका-४ मा पाँच करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो ।
सुस्ता गाउँपालिका-४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले हाल शीतभण्डार पूर्ण क्षमतामा उपयोग नभएको बताए ।
केही किसान र व्यापारीका फलफूल शीतभण्डारमा राखिएको जानकारी उनले दिए । चारवर्षअघि निर्मित यो शीतभण्डारमा बाह्रैमहिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ ।
सम्बन्धित

प्रतिक्रिया