युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तर दिइने : राष्ट्रपति ट्रम्प

नेपालखोज २०८२ साउन ३१ गते १८:४९

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार रुस र युक्रेनबीच तत्काल युद्धविराम हुने सम्भावनालाई अस्वीकार गरे ।

ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि तत्काल युद्धविरामको घोषणा गर्ने प्रयासमा कुनै प्रगति हुन सकेन ।

युक्रेन द्वन्द्वका कारण सैनिक तथा गैर–सैनिक गरी दशौँ हजार व्यक्तिको मृत्यु भएको छ र युक्रेनमा यसका कारण भौतिक संरचनामा समेत व्यापक विनाश भएको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी नेतासँग भेटवार्ताका लागि वासिङ्टन जाने बताएका छन् । -रासस/एएफपी

प्रतिक्रिया