पुन: पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नेपालखोज २०८२ भदौ १ गते १२:२३

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुन: पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै आज बिहान ९:३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

आज बिहान ४:२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो ।

त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया