श्रीमतीको हत्या गरेर भागेका श्रीमान पर्साबाट पक्राउ
नेपालखोज
२०८२ भदौ १ गते १३:०३

काठमाडौं । पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको हाे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा पक्राउ गरेर काठमाडौं ल्याएको हो । सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया