माओवादी केन्द्रका अध्यक्ष दाहालसँँग भारतीय विदेश सचिवको भेटवार्ता
नेपालखोज
२०८२ भदौ १ गते १९:२५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालले जनाएको छ ।
विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुइदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया