एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट उपलब्ध
काठमाडौं । एन आई सी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यो बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा एक हजार पाँच सय रुपैंयाँ छुट प्राप्त गर्न सकिने छ ।
यस बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १५ सय रुपैंयाँ छुट पाउन सक्नेछन् ।
यो सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यो बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








प्रतिक्रिया