सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ भदौ ३ गते ११:१५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेर १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि घटेको छ । चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित

प्रतिक्रिया