लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-११ नेपालटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५५ ट्याब्लेटसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने झापा शिवसताक्षी नगरपालिका-४ घर भएका १९ वर्षीय निकेश यादव र तारकेश्वर नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-२७ घर भएका २६ वर्षीय अश्विन परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
डडेलधुराको अमरगढी नगरपालिका-५ बागबजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने नवदुर्गा गाउँपालिका-१ घर भएका २४ वर्षीय सागर सिजपति र २१ वर्षीय डार्बिन रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-८ सिमानगरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-७ गुलरिया गाउँ बस्ने २४ वर्षीय निरन्जन यादव र २७ वर्षीय पवन कुमार यादव रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको गुलरिया नगरपालिका-६ शान्तिटोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका ४० वर्षीय नुर महम्मद नाउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका-८ साघुनघारीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित गुलरिया नगरपालिका-११ बस्ने २५ वर्षीय रूपेश खटिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको गुलरिया नगरपालिका-७ महाकवि टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-६ घर भएका ३२ वर्षीय अजमेयर अलि नाउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया