सोमबार, पुष ७, २०८२

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

नेपालखोज २०८२ भदौ ३ गते १३:२६

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–ट्वान्टी शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे ।

त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे । बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई-दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए । होबर्ट हरिकेन्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया