प्रधानमन्त्रीद्वारा ‘नाडा अटो शो’ उद्घाटन
नेपालखोज
२०८२ भदौ ३ गते १४:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को आज उद्घाटन गरेका छन् ।
त्यस अवसरमा उनले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताए । ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ । लगानी र काममा कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन’, उनले भने ।
सम्बन्धित

प्रतिक्रिया