नेपालले दियो मेर्लबर्नलाई १४० रनको लक्ष्य
नेपालखोज
२०८२ भदौ ४ गते १३:००

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आफ्नो पाँचौ म्याचमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीसमक्ष १४० रनको सामान्य लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोडेको हो ।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेल केवल एक रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर भीम सार्की पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । यसअघि ओपनरको भूमिकामा देखा पर्ने आसिफ शेख यो खेलमा टोलीमा छैनन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख पनि १२ रनमै आउट हुँदै पेभेलियन फर्किए । टोलीको कुल स्कोर ३२ रन पुग्नुअघि नै नेपालले तीन प्रभावशाली विकेट गुमाइसकेको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले २९ रनको योगदान गरे ।
सम्बन्धित








प्रतिक्रिया