देशको राजनीतिको पुरै जिम्मा आफुले लिएजस्तो लाग्ने गरेको छ : अध्यक्ष दाहाल

नेपालखोज २०८२ भदौ ४ गते १८:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीतिको पुरै जिम्मा आफुले लिएजस्तो लाग्ने गरेको बताएका छन् ।

बुधबार काठमाडौंमा साहित्यकार बाबा बस्नेतका कृति लोकार्पण गर्दै अध्यक्ष दाहालले आफु प्रतिपक्षी दलको नेता भएपनि देशको राजनीतिको पुरै जिम्मा आफ्नै काँधमा रहेको र आफुले छाडे भत्किहाल्छ जस्तो लाग्ने गरेको बताए । उनले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको र जिम्मेवारी पूरा गर्नको लागि समर्पित रहेको धारणा राखे ।

उनले आफुलाई साहित्य क्षेत्रमा निकै रुची रहेपनि चाहेर पनि समय दिन नसकेको जिकिर गरे । अध्यक्ष दाहालले आफुले पटक पटक सरकारको नेतृत्व गर्दा साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर न्याय गरेको बताए ।

प्रतिक्रिया