सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
नेपालखोज
२०८२ भदौ ५ गते १०:३५

काठमाडौं । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० रूपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार २९० रूपैयाँमा खरिद-बिक्री भइरहेको छ ।
बुधबार एक तोला सुन एक लाख ९३ हजार ५०० रूपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५५ मा क्रयविक्रय भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया