सरकारको कार्यशैली सुधार गर्न प्रधानमन्त्रीलाई महामन्त्री थापाकाे सुझाव
नेपालखोज
२०८२ भदौ ५ गते १६:२८

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको कार्यशैली सुधार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महामन्त्री थापाले अहिले जनताले सरकारको कामबाट चित्त नबुझाएको र सरकारको काम गर्ने ढंगसमेत नपुगेको भन्दै सरकारको कार्यशैली सुधार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । कांग्रेस-एमालेको संयुक्त सरकारलाई ठिक ढंगले अघि बढाउन आफुहरु तयार रहेको तर नेतृत्व गर्नेले जथाभावी सरकारको गाडी हाँकेको उहाले बताए ।
उनले ठीक ढंगले चिन्तन गरेर हिजो सुरुवात गरेको सुधारको कामलाई तत्काल निरन्तरता दिन सुझाव दिए । थापाले सरकार गठनका बेला भएको सातबुदे सहमति अनुसार संविधान संशोधनको काम समेत अघि बढ्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गरे ।
सम्बन्धित

प्रतिक्रिया