अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ लक्ष्मीनगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, नोर्फिन ४१ एम्पुल र नगद १४ हजार रूपैयाँ सहित सोही नगरपालिका–३ धनेश्वर बस्ने २७ वर्षीय संगम सिंह थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ७ सय ७० मिलिग्राम सहित सिराहा कल्याणपुर नगरपालिका–११ बस्ने सुनसरी घर भएका २३ वर्षीय जितेन्द्र कुमार राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश–०४–००१ ज ०१५५ नम्बर ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय चक्र बहादुर शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ७३ ट्याब्लेट र डाईक्लोमाइन ५ सय ५९ ट्याब्लेट सहित सोही उपमहानगपालिका–५ देउराली बस्ने १९ वर्षीय समिर माझीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचौक समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी, सुनसरी, इनरूवा नगरपालिका–४ बसपार्कचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका–१० बस्ने २४ वर्षीय अर्जुन चम्लागाई र ३५ वर्षीय हमे कुमार माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–१७ डेरा गरी बस्ने सप्तरी घर भएका ३७ वर्षीय सत्य नारायण यादवलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय २८ ग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ९ सय ४० ग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका–७ बस्ने ५० वर्षीय रूद्र बहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले धरानबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २१८७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको इनरूवा नगरपालिका–४ बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका–८ बस्ने २५ वर्षीय हरि धमलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित मधुवन नगरपालिका–७ बिजयकालिका टोल बस्ने ३८ वर्षीय महेन्द्र सुवेदीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–५ बस्ने ४५ वर्षीय रूपेश साह र उनकै श्रीमती ३५ वर्षीया प्रतिमा कुमारी साहलाई अवैध लागूऔषध गाँजा २० किलो ३ सय ४० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम १० मिलिग्राम सहित कलैया उपमहानगरपालिका–८ बस्ने २३ वर्षीय सुरज प्रसाद सोनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको गौरीगञ्ज गाउँपालिका–१ नेपाल भारतको सिमा एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १६ मिलिग्राम सहित कमल गाउँपालिका–५ बस्ने ३१ वर्षीय धनेस सहनीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुञ्जिबारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ८००३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको जानकी गाउँपालिका–१ सुवर्णपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाह रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरीको सप्तकोशी नगरपालिका–२ पर्साबाट अवैध लागूऔषध गाँजा करिब २४ किलो १ सय ४५ ग्राम सहित उदयपुर बेलका नगरपालिका–९ बस्ने ३२ वर्षीय मिलन श्रेष्ठलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उदयपुरबाट फत्तेपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०५१ प ४०६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ बस्ने प्युठान, प्युठान नगरपालिका–८ घर भएका ३९ वर्षीय शान्त बहादुर विक, काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रे भुम्लु गाउँपालिका–१ घर भएका २६ वर्षीय प्रल्हाद खत्री, काभ्रे बनेपा नगरपालिका–८ बस्ने सिराहा कर्जन्हा नगरपालिका–८ घर भएका ४४ वर्षीय महमद हातीम र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ घर भएका ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन् ।
पक्राउ मध्ये शान्त बहादुरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, प्रल्हादले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, महमदले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शान्त बहादुरलाई काठमाडौं महानगरपालिका–२९ बाट, प्रल्हादलाई काठमाडौं महानगरपालिका–२६ बाट र महमदलाई काभ्रे बनेपा नगरपालिका–७ बाट बुधबार तथा तारालाई बुढानिलकण्ठ नगरपालिका–२ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
स्रोत नखुलेको नगद सहित पक्राउ
वीरगंज महानगरपालिका–२ घुसुकपुर ईदगाह चोकबाट स्रोत नखुलेको नगद १४ लाख १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२ घुसुकपुर बस्ने ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई नगरपालिका–४
बगडमपुर बस्ने ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बीआर ०५ एबि ७७६१ नम्बर र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया