एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई उनले एमाले पार्टीमा प्रवेश गराएका हुन् ।
सो अवसरमा आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु पनि एमालेमा प्रवेश गरे । अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकामा सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताका लागि काम गर्छ भन्नु भ्रम रहेकोे भन्दै देश र जनताका पक्षमा काम गर्ने पार्टी एमाले नै हो भन्ने विश्वाससहित आजपाका नेता तथा कार्यकर्तासहित आफू एमाले पार्टीमा प्रवेश गरेको बताए । -रासस

प्रतिक्रिया