मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

नेपालखोज २०८२ भदौ ६ गते १७:५८

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि आज मलेसिया जाने भएका छन् ।

मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारको समस्या र अवस्थाबारे बुझ्न महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीसमेत तोकिएको छ । -रासस

प्रतिक्रिया