बुधबार, मंसिर २४, २०८२

सगुना–फाग समेटिएको पुस्तक ‘लोली गौरा’ प्रकाशन

नेपालखोज २०८२ भदौ ६ गते २०:१२

कञ्चनपुर । देउडा संस्कृति संरक्षण प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरले सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण पर्व गौरामा गाइने सगुना–फागहरूको संगालो ‘लोली गौरा’ पुस्तक प्रकाशनमा ल्याएको छ ।

डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा गाइने सगुना–फागहरू लोप हुँदै गएकाले बुढापाकाहरूसँग सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशन गरी प्रतिष्ठानले बजारमा ल्याएको हो ।

पुस्तकको लेखन तथा संयोजन प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष गोदावरी ठगुन्नाले गरेकी छन् भने पुस्तकको सम्पादन महेशकुमार जोशीले गरेका छन् ।

पहिलो चरणमा एक हजारप्रति पुस्तक प्रकाशन गरिएका छन् । ‘लोली गौरा केवल किताब मात्र नभई हराउँदै गएको संस्कृतिलाई जोगाउने कडीका रूपमा छ’, अध्यक्ष ठगुन्नाले भनिन् ।

प्रतिक्रिया