वाग्मतीमा जलसतह बढ्यो : सतर्कता अपनाउन आग्रह

नेपालखोज २०८२ भदौ ७ गते ५:३९

काठमाडौं । अविरल बर्षाका कारण काठमाडौंको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आवश्यक सावधानी अपनाउन जरुरी छ ।

विभागले सूचनामार्फत नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेले बिहानसम्म आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया