झापामा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’पुस्तक ३० हजार थान बिक्री

झापा । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ ।
आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उनी गत एक महिना झापामा रहेका थिए । यस अवधिमा उनको पुस्तक बिक्रीबाट दुई करोड २५ लाख सङ्कलन भएको छ ।
महाकालीबाट पुस्तक बिक्री गर्दै मेचीको किनार आइपुग्दा उनको सबैभन्दा बढी पुस्तक बिक्री भएको जिल्ला झापा हुन पुगेको छ । उनको पुस्तक सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति बिक्री भएको थियो ।
जिल्लाको १५ वटै पालिकामा उनी पुस्तक बिक्रीका लागि पुगेका थिए । भद्रपुर नगरपालिकामा सात दिनमा तीन हजार २१९ प्रति अर्थात् २४ लाख १४ हजार २५० को पुस्तक बिक्री भएको अभियानमा संयोजनकारी भूमिका निर्वाह गरेका भद्रपुरका दिपेश ढकालले बताए ।
झापाबाट पुस्तक बिक्रीका लागि इलाम पुग्नुभएका वैज्ञानिक पुनको अभियानमा अर्का एक जना सहयोगी हुन् । सामान बोक्ने सवारीसाधनमा आएका उन त्यही गाडी लिएर अभियानमा पुगे । उनको सहयोगीले गाडी हाँक्छन् ।
बिक्रीबाट सङ्कलन भएको नगद उनले राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा नियमित रूपमा जम्मा गर्नुहुने ढकालले बताए । दिनभरि किताब बेच्न हिँड्दा खुट्टा सुन्निने गरेका छन्, ढकाल भने, उनलाई आफ्नो स्वास्थ्यको पनि त्यति चिन्ता देखिँदैन, जति चिन्ता उनी वीरगञ्जको औजार कारखाना चलाउने विषयमा लिए । पुस्तक विक्रीबाट सङ्कलन भएको रकम आविष्कार केन्द्रमार्फत वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च हुँदै आएको वैज्ञानिक पुनले बताएका छन् ।
आत्मकथा बेच्दै हिँडेको पाँच सय दिन पूरा भएको जनाउँदै वैज्ञानिक पुनले अहिलेसम्म दुई लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री भइसकेको बताए । अहिलेसम्ममा खर्च कटाएर लभगभ १२ करोड बच्यो । त्यही पैसाले वीरगञ्ज कृषि औजार कारखाना मर्मत गरेको हो र नयाँ मेसिनहरू पनि थपेको हो । आफूले नेतृत्व गरेर सञ्चालनमा ल्याएको वीरगञ्ज औजार कारखाना राम्रैसँग चलिरहेको र त्यहाँ ४० इञ्जिनियरहरूले रातदिन काम गरिरहेको उनले जानकारी दिएका छन् ।








प्रतिक्रिया