प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउदै पत्रकारले गरे उल्टो हिडेर विरोध
नेपालखोज
२०८२ भदौ ८ गते १७:५४

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी विधेयकको केही दफामा असन्तुष्टि जनाउदै पत्रकारहरुले उल्टो हिडेर विरोध प्रदर्शन गरेका छन् ।
प्रेस युनियन कोशी प्रदेश समितिको आव्हानमा पत्रकारहरु विराटनगरको देवकोटा चोक देखि हाटखोला सम्म मुखमा र हातमा कालोपट्टी बाँधेर उल्टो हिडेका हुन् ।
आमसञ्चार विधेयकमा पत्रकारहरुलाई लेखेकै कारण दण्ड जरिवाना गर्ने र प्रेस रजिष्ट्रारलाई अदालतको अधिकार दिएकोमा पत्रकारहरुले विरोध गर्दै आएका छन् ।
संविधानले दिएको र्पूण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने गरी कोशी प्रदेश सरकारले ल्याएको विधेयक सच्याउन पत्रकारहरुले आग्रह समेत गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया