राष्ट्रिय वाणिज्य बैँकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक

नेपालखोज २०८२ भदौ ८ गते १८:५४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ ।

बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि छ दशमलव ३० प्रतिशतमा पाँच करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।

यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि सात वर्ष अवधिको छ दशमलव १० प्रतिशत व्याजदरमा एक करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ । बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि छ दशमलव ८० प्रतिशत व्याजदरमा सात वर्षसम्मका लागि एक करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए ।

प्रतिक्रिया