बिहीबार, पुष १०, २०८२

म्यान्माको रेलवे पुलमा विस्फोटका कारण आंशिक क्षति, सेवा अवरुद्ध

नेपालखोज २०८२ भदौ ८ गते २०:१९

काठमाडौं । म्यान्माको जुन्ता प्रशासनले कुनै समय विश्वको सबैभन्दा अग्लो पुल (रेलवे ट्रेस्टल) को रुपमा रहेको औपनिवेशिक कालको पुलमा ‘विस्फोट गरी ध्वस्त’ पारिएको बताएको छ ।

म्यानमामा सन् २०२१ मा भएको ‘कू’ पछि गृहयुद्ध सुरु भएको छ भने सेनाले लोकतन्त्र समर्थक लडाकू र जातीय सशस्त्र सङ्गठनसँग लडिरहेको छ ।

जुन्ताका प्रवक्ता जाउ मिन तुनले आइतबार सञ्चारमाध्यमलाई दिएको भिडियो वक्तव्यमा ताआङ नेसनल लिबरेशन आर्मी ९टीएनएलए० र पिपुल्स डिफेन्स फोर्सेजले गोक्तेइक पुलमा ‘बम बारी गरी क्षति गरेको’ बताएका छन् ।

खोचको सतहबाट १०२ मिटर (३३४ फिट) माथि रहेको गोक्तेइक पुल म्यानमाको सबैभन्दा अग्लो पुल हो र सन् १९०१ मा बेलायती औपनिवेशिक कालमा बनाइएको थियो । यो पुल विश्वकै सबैभन्दा अग्लो रेलवे ट्रेस्टल थियो ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र तस्बिरमा माण्डलेलाई उत्तरी शान राज्यसँग रेलमार्गले जोड्ने र धेरै पर्यटकलाई आकर्षित गर्ने पुल आंशिक रूपमा भत्किएको र क्षतिग्रस्त भएको देखिएको छ ।

टीएनएलएका प्रवक्ताले उक्त आरोप अस्वीकार गर्दै पुलमा जुन्ताले नै बम प्रहार गरेको बताए ।

विस्फोट भइ क्षतिग्रस्त पुल नजिकैको नौङकियो र क्याउक्मे सहरमा हालैका केही हप्तामा टीएनएलए र जुन्ताबीच भीषण भिडन्त भएको छ ।

जुन्ताले जुलाईमा नौङ्घकियोलाई पुनः कब्जामा लिएको दाबी गरेको थियो ।

प्रतिक्रिया