साइकल दुर्घटना एक जनाको मृत्यु

नेपालखोज २०८२ भदौ ९ गते ९:३४

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१४ मा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका-३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।

साइकल अनियन्त्रित भई बिराटनगर-१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पुर्‍याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया