११ गतेलाई तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन
नेपालखोज
२०८२ भदौ ९ गते १२:४९

काठमाडौं । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।
संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार सभापति रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने छ ।

सम्बन्धित

प्रतिक्रिया