श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेका लागि सुरक्षा व्यवस्था कडा पारियो
नेपालखोज
२०८२ भदौ ९ गते २०:५५

कोलम्बो । पक्राउपछि कोलम्बो नेसनल अस्पतालमा उपचाररत श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेको लागि विशेष सुरक्षा व्यवस्था गरिएको कारागार विभागले सोमबार जानकारी दिएको छ ।
कारागारका प्रवक्ता जगत वीरसिङ्घेका अनुसार विक्रमासिङ्घेको सुरक्षाका लागि सात जना जेलर र चार जना जेल गार्ड परिचालन गरिएको छ ।
विक्रमासिङ्घेलाई राज्यकोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको हो । उनलाई सुरुमा जेलको एक अस्पतालमा भर्ना गरिएको थियो तर उहाँको स्वास्थ्यमा जटिल समस्या देखिएको भन्दै पछि कोलम्बो नेशनल अस्पतालमा स्थानान्तरण गरिएको थियो।
श्रीलङ्काको इतिहासमा पहिलो पटक पूर्व कार्यकारी राष्ट्रपतिलाई पक्राउ गरी हिरासतमा राखिएको छ । उनको मुद्दाको सुनुवाइ मङ्गलबार हुने तालिका तय भएको छ ।
सम्बन्धित








प्रतिक्रिया