मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा चौरचन र गणेश चतुर्थी पर्वको शुभकामना

नेपालखोज २०८२ भदौ १० गते १०:३६

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वका अवसरमा प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सिंहद्वारा आज यहाँ शुभकामना सन्देशमा चौरचन पर्वलाई भक्तिभाव र संस्कृतिको गहिरो सम्बन्धसँगै सांस्कृतिक पहिचानका रूपमा चित्रण गर्दै एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयतामा बाँध्ने माध्यमका रूपमा पर्वले कार्य गरेको उल्लेख गरे ।

उनले सन्देशमा गणेश चतुर्थी पर्वले विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जागृत गर्दै जीवनमा आउने चुनौतीलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जाद्वारा पार गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । सन्देशमा उनले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दीर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने कामना पनि उल्लेख गरे ।

प्रतिक्रिया