बदलिँदो परिस्थितिमा हिन्दु महिलाको तीज पर्व !

आज नेपालमा हिन्दु महिलाहरूको तीज पर्व । यो पर्व श्रावण शुक्ल तृतीयाका दिन मनाइन्छ। तीज पर्व भगवान् शिव र पार्वतीको बिवाहा वा मिलनको कथासँग जोडिएको छ। किंवदन्तीअनुसार पार्वतीले कठोर व्रत बसेर भगवान् शिवलाई पतिको रूपमा प्राप्त गरेकी थिइन् भनिन्छ । त्यसैले महिलाहरू आज शिव मन्दिर जान्छन्, व्रत बस्छन् र शिव पार्वतीको पूजाआजा गर्दै दाम्पत्य जीवन सुखमय होस् भन्ने कामना पनि गर्छन् ।
तर आज हाम्रो देशमा विवाहित नेपाली महिलाहरूले तीज प्रमुख चाडपर्व मानी एक महिना देखि रमाइलो सँग मनाउँदै आएपनी किन आजकाल उनीहरूको आफ्नो पति सँग द्वन्द्व बढी रहेको ? किन पारपाचुके (Divorce) को सङ्ख्या पनि दिनहुँ बढी रहेको छ ? हिन्दु धर्ममा बिवाहा सात जन्मको बन्धन मानिएता पनि किन यस्तो हाम्रो हिन्दु समाजमा भइरहेको होला भन्ने सन्दर्भमा मलाई लागेका केही कुरा हरू राख्दै छु । यो कति ठिक वा बेठिक छन्, त्यो यहाँहरूले तल आफ्नो कमेन्टमा आफ्नो बिचार राख्नु होला भन्ने चाहन्छु । पति पत्नी बिच वैवाहिक सम्बन्ध विच्छेद्यसम्बन्धी कारणहरू धेरै हुन सक्छन् ।
१. पति-पत्नी बिच सञ्चार र बुझाइको कमी
विवाह सफल हुनका लागि सबै भन्दा जरुरी कुरा संवाद हो । तर व्यस्त जीवनशैली, मोबाइल र सामाजिक सञ्जालमा डुबेको समय, अनि भावनात्मक अभिव्यक्तिको कमीले पति-पत्नीबिच दूरी बढाएको छ । समस्या बोल्न नपाउने र एक अर्कालाई नबुझ्ने बानीले सम्बन्धमा चिरा पारेको देखिन्छ ।
२. आर्थिक कारण
दुवै बेरोजगारी , पति वा पत्नी मध्ये एक मात्र रोजगार, आम्दानी-खर्चको असन्तुलन वा अत्यधिक भौतिक वस्तुहरूको उपभोगको चाहनाहरू पनि अचेल दाम्पत्य जीवनमा तनाव ल्याउने प्रमुख कारण बनेका छन् । कतिपय अवस्थामा पति वा पत्नी कुनै एक बढी खर्च गर्ने र अर्को नगर्न बानिले गर्दा पनि पैसाको कारणले पति पत्नी बिचको सम्बन्धलाई कमजोर बनाइ रहेको छ ।
३. सहनशीलताको कमी
आजको पुस्ता बढी आत्म केन्द्रित हुँदै गएको छ । स-साना कुरामा पनि Am WRITE भन्ने जिद्दीपन, गल्ती स्वीकार नगर्ने बानी र क्षमा गर्ने संस्कारको कमीले सम्बन्धलाई बिगार्दै लगेको छ । विवाह भनेको आत्मसम्मान सँगै आत्म त्याग पनि हो भन्ने कुरा न बुझ्दा समस्याहरू खडा भइरहेको अवस्था छ ।
४. विदेश रोजगारी र दूरी
हिजोआज हजारौँ नेपाली युवा युवतीहरू रोजगारीका लागि विदेश मा लामो समय बस्छन् । कतिपय पति-पत्नीहरू एकै घरमा सँगै नबस्दा प्रेम र भावनात्मक दूरी बढ्दै उनीहरूको बिचमा विश्वास कमजोर भई रहेछ र त्यस्तो अवस्थामा युवा पति-पत्नी बिचको सम्बन्धमा तेस्रो व्यक्तिले प्रवेशको सृजना पनि एउटा प्रमुख कारण भई रहेको देखिन्छ ।
५.स्वतन्त्रताको चाहना
अहिलेको पुस्ता व्यक्तिगत स्वतन्त्रतालाई बढी प्राथमिकता दिन्छ । ‘मेरो जीवन, मेरो तरिका’ भन्ने धारणा बढ्दै जाँदा पारिवारिक जिम्मेवारीलाई बेवास्ता गरिन्छ । प्रेम र विवाह लाई जिम्मेवारीभन्दा रमाइलोको रूपमा मात्र लिँदा सम्बन्ध टुट्दै गइरहेको देखिन्छ ।
६. हिंसा, नशा, दुर्व्यवहार र असमानता कारण
घरायसी हिंसा, नशा, मानसिक तथा शारीरिक दुर्व्यवहार, वा महिलामाथि गरिने असमान व्यवहार अझै पनि अहिले नेपालमा पारपाचुके को ठुलो कारण बन्न पुगेछ ।
७. सामाजिक धारणा परिवर्तन
पहिले समाज र परिवारको डरले विवाह लाई जोगाइन्थ्यो । दुःख सहेरै पनि सम्बन्ध निभाइन्थ्यो । तर अहिले समाज पनि ‘मन नबुझे छुटे हुन्छ’ भन्ने सोचतर्फ गएको छ । अहिलेको नेपाल कानुनले पनि पारपाचुकेलाई सहज बनाएको छ ।
नेपालको तथ्याङ्क हेर्दा गत आर्थिक वर्षमा मात्र नेपालभर ४०,००० भन्दा बढी पारपाचुके उजुरी अदालतमा दर्ता भएका छन् ।
काठमाडौंमा मात्र दैनिक १३ जोडी सम्बन्ध टुट्छन् भनिन्छ । कतिपय जिल्लामा त नागरिक मुद्दामध्ये ६०५ सम्म पारपाचुके सम्बन्धी हुन्छन् ।
मेरो विचारमा सम्बन्ध विच्छेद्यलाई आधुनिक समाजले ठिक वा गलत भनेर एउटै चौ खुट्टामा राखेर मूल्याङ्कन गर्नु हुँदैन जस्तो लाग्छ । यदि सम्बन्धले जीवनलाई अन्धकारतर्फ धकेल्दै छ भने त्यो विच्छेद्य सही कदम हो । तर यदि समस्या केवल संवाद,सहनशीलता र आपसी बुझाइको कमी हो भने समाधान खोज्नु नै बुद्धिमानी होला । त्यसैले तीज पर्वलाई आज हामीले धार्मिक रूपमा पाप र पुन्यको नजरले मात्र होइन कि आजको आधुनिक समाजको दलिँदो अवस्थाको स्वरूपमा पनि हेर्नू पर्छ होला ।
अन्त्यमा, स्वदेश र विदेश बस्ने सबै नेपाली महिलाहरूमा मेरो तीजको शुभकामना ।

प्रतिक्रिया