झन्डै पाँच अंकले बढ्दा चार अर्ब १८ करोडको कारोबार
पुन उक्लियो नेप्से

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २१ दशमलव ३० अंकले बढेको नेप्से आज पुन चार दशमलव ८३ अंकले बढेर २७ सय ६६ दशमलव शुन्य नौं अंकमा पुगेको छ ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले बढेर चार सय ७४ दशमलव ८९ अंकमा पुगेको छ । आज तीन सय २२ वटा कम्पनीहरुको ४५ हजार एक सय १६ पटकको कारोबारमा ९२ लाख ४३ हजार दुई सय ३२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १८ करोड ५३ लाख १५ हजार सात सय ३४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव शुन्य दुई अंकले बढेर १४ सय ३२ दशमलव ८७ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ५५ दशमलव ४४ अंकले बढेर पाँच हजार सात सय ८७ दशमलव ७७ अंकमा पुगेको छ ।
यसैगरी फाईनान्स समुहको सुचक पनि दुई दशमलव ९४ अंकले बढेर २४ सय ४९ दशमलव २४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचकपनि दुई दशमलव ५७ अंकले बढेर तीन हजार पाँच सय ४६ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि आठ दशमलव शुन्य तीन अंकले बढेर १२ हजार नौं सय ९३ दशमलव १० अंकमा पुगेकेमा होटल तथा पर्यटन, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः १२ दशमलव ३४, शुन्य दशमलव शुन्य दुई, ३८ दशमलव दुई र चार दशमलव ९० अंकले बढेकाछन् ।
निर्जीवन बीमा समुहको सुचक भने १२ दशमलव ६५ अंकले घटेर १२ हजार तीन सय १२ दशमलव ५० अंकमा झरेकोमा लघुवित्त समुहको सुचक पनि २५ दशमलव १२ अंकले घटेर पाँच हजार एक सय ९० दशमलव ९४ अंकमा झरेको छ । उत्पादनमुलक समुहको सुचक पनि ५१ दशमलव ५२ अंकले घटेर सात हजार पाँच सय २४ दशमलव ६६ अंकमा झरेकोमा लगानी समुहको सुचक पनि शुन्य दशमलव १२ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिकास हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी सवल योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।








प्रतिक्रिया