राष्ट्र बैंकद्धारा वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८२ सार्वजनिक

नेपालखोज २०८२ भदौ ११ गते १८:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८२ कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार अनुमती प्राप्त सबै संस्थाहरुको नाउँमा सार्वजनिक सुचना जारी गर्दै कार्यबिधी कार्यान्वयनमा ल्याउन निर्देशनद दिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उप-दफा (१) अनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा तथा वितरण गर्न यस बैंकको स्वीकृति लिनुपर्ने तथा बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नं. ४ को बुँदा १(झ) अनुसार वार्षिक साधारण सभामा पेश गर्ने वार्षिक हिसाब सार्वजनिक गर्न यस बैंकको सहमति लिनुपर्ने व्यवस्था बमोजिम आवश्यक स्वीकृति र सहमति प्रदान गर्दा अपनाइने प्रकृयामा एकरुपता कायम गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नरबाट यो कार्यविधि बनाई लागु गरिएको कार्यबिधीमा उल्लेख छ ।

कार्यान्वयनमा आएको कार्यबिधी अनुसार वित्तीय विवरण प्रकाशित गर्न सहमति प्रदान गर्ने सम्बन्धमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्नो वार्षिक हिसाबलाई संचालक समितिमा अभिलेख र संचालकहरुको दस्तखत हुनु अगावै प्रारम्भिक रुपमा छलफलको लागि सम्बन्धित सुपरिवेक्षण विभागमा पेश भएपश्चात सबै विषयहरु यकिन गरी सो समेतका आधारमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग छलफल गरी संशोधन गर्नु पर्ने अवस्था देखिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउनु पर्ने छ । सो पश्चात बाह्य लेखापरीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदन सहित प्राप्त वित्तीय विवरण प्रकाशन गर्न सहमति दिन सम्बन्धित सुपरिवेक्षण विभागले प्रक्रिया अघि बढाउने कार्यबिधीमा उल्लेख छ ।

लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदन र सो उपर व्यवस्थापनको जवाफ, स्थलगत निरीक्षण प्रतिवेदन लगायत उपलब्ध आधिकारिक कागजातबाट सारभुत रुपमा वित्तीय विवरणलाई असर गर्न सक्ने रकम तथा जानकारीलाई अपरिष्कृत वित्तीय विवरणमा आवश्यक समायोजन सहित यस बैंकले तोकेको ढाँचामा प्रस्तुत गरे/नगरेको हेरिने राष्ट्र बैकले जानकारी दिएको छ ।

एकीकृत निर्देशन नं. ८ मा रहेको व्यवस्था बमोजिम छुट प्रदान गरिएकोमा बाहेक धितोपत्र विनिमय बजारमा सूचीकृतभई नसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा गरेको लगानी त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गरे/नगरेको प्रष्ट हुनुपनेृ कार्यविधिमा उल्लेख छ । इजाजतपत्रप्राप्त संस्थाले सालतमामीमा मौज्दातमा रहेको विदेशी मुद्राको पुनरमूल्याड्ढन गर्दा नोक्सान भएमा नाफा नोक्सान हिसावमा खर्च जनाउनु पर्ने र खुद नाफा भएमा सोलाई नाफा नोक्सान हिसावमा आम्दानी जनाई उक्त नाफाको कम्तीमा २५ प्रतिशत रकम सटही समिकरण कोषमा जम्मा गरे/नगरेको पनि उल्लेख गर्नुपर्ने छ ।

एक आपसमा गाभ्ने/गाभिने वा प्राप्तिमा संलग्न बैंक तथा वित्तीय संस्थाहरुको लेखांकन यस बैंकको निर्देशन बमोजिम भए/नभएको । यसरी एक हुने संस्थाको चुक्ता पूँजीमा फरक भई हुन आउने बचत नगद लाभांश वितरण गर्न नपाउने व्यवस्थाको पालना भए/नभएको प्रष्ट हुनु पर्ने छ ।

साथै, मर्जर तथा एक्वीजीन रिर्जभमा लेखांकन गर्नुपर्ने रकम भए यस बैंकको निर्देशन बमोजिम लेखांकन गरे/नगरेको तथा त्यस्तो कोषमा रहेको रकमबाट लाभांश वितरण गर्न नपाउने व्यवस्थाको पालना भए÷नभएको पनि उल्लेख गरेको हुनुपर्ने छ ।

प्रतिक्रिया