अबदेखि सहुलियत कर्जा लिएका ऋणीहरुको त्रैमासिक विवरण सार्वजनिक गर्नुपर्ने

काठमाडौं । बैक तथा फाइनान्स कम्पनीहरुले सहुलियत कर्जा लिएका ऋणीहरुको त्रैमासिकरुपमा बिवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।
राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन/थप गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याईएको राष्ट्र बैंकको भनाई छ ।
परिपत्रमा भनिएको छ, ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्र्यिवधि, २०८२’ बमोजिम प्रवाहित कर्जामा नेपाल सरकारबाट प्रदान गरिएको अनुदान रकम यस बैंकले उपलव्ध गराउने छ ।
उक्त कार्यविधि बमोजिम कर्जा प्रवाह गरी नेपाल सरकारबाट पाउनु पर्ने ब्याज अनुदान वापतको रकमलाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि सरकार माथिको दावी सरह शून्य प्रतिशत जोखिमभार प्रदान गर्न सकिनेछ । (ख) बैंक तथा वित्तीय संस्थाले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्र्यिवधि, २०७५’ बमोजिम हाल कायम रहेका ऋणी र ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्र्यिवधि, २०८२’ बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नु पर्नेछ । परिपत्रमा भनिएको छ ।
यसअघि भने, ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्र्यिवधि, २०७५’ बमोजिम कर्जा प्रवाह गरी नेपाल सरकारबाट पाउनु पर्ने ब्याज अनुदान वापतको रकम लाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि सरकार माथिको दावी सरह शून्य प्रतिशत जोखिमभार प्रदान गर्न सकिने बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नु पर्ने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया