बुधबार, पुष ९, २०८२

सातामा ३२ अर्ब २६ करोड ६१ लाख रुपैंयाँको शेयर खरिद–बिक्री

बजार परिसुचक २७ सय ८१ बिन्दुमा सिमित,

नेपालखोज २०८२ भदौ १३ गते १२:१६

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २७ सय ८१ बिन्दुमा सिमित भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७७ दशमलव ६८ बिन्दुमा सिमित भएको छ ।

धितोपत्र बजारमा यो साता तीन सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ११ हजार दुई सय ८५ पटकको कारोबारमा छ करोड ७० लाख आठ हजार नौं सय ४१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३२ अर्ब २६ करोड ६१ लाख ७० हजार छ सय ९० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैंयाँले बढी हो । गत साता तीन सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएको थियो ।

जसअनुसार तीन लाख २७ हजार ८९ पटकको कारोबारमा आठ करोड नौं लाख दुई हजार ८९ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २९ अर्ब ७७ करोड २५ लाख ५७ हजार तीन रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसुचक दोस्रो, तेस्रो र चौंथो दिन भने उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक १८ दशमलव शुन्य दुई अंकले ओरालो लागेर २७ सय ३९ दशमलव ९५ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव छ अंकले ओरालो लागेर चार सय ७१ दशमलव १९ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक २१ दशमलव ३० अंकले उकालो लागेर दुई हजार सात सय ६१ दशमलव २६ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १८ अंकले उकालो लागेर चार सय ७४ दशमलव ३८ बिन्दुमा चढेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक चार दशमलव ८३ अंकले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव नौं बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले उकालो लागेर चार सय ७४ दशमलव ८९ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक ५३ दशमलव एक अंकले उकालो लागेर २८ सय १९ दशमलव १० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५२ अंकले उकालो लागेर चार सय ८३ दशमलव ४२ बिन्दुमा चढेको थियो ।

पाँचौं कारोबार दिन बिहिबार भने नेप्से परिसुचक ३८ दशमलव १० अंकले ओरालो लागेर २७ सय ८१ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७४ अंकले ओरालो लागेर चार सय ७७ दशमलव ६८ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, हिमालन रि इन्स्योरेन्स कम्पनी अगाडि पर्दा सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम

पहिलो दिन ३२३ ५८१०५ १४००९७०८ ६५४८६३८३३५.९२
दोस्रो दिन ३१७ ५७१५७ १०८७७९४२ ५७५३२१९६५२.७८
तेस्रो दिन ३२२ ४५११६ ९२४३२३२ ४१८५३१५७३४.३७
चौंथो दिन ३२१ ७२५२८ १४९८६१४२ ७६८३३८६४४१.७०
पाँचौं दिन ३२२ ७८३७९ १७८९१९१७ ८०९५६१०४४५.९९
कुल ३२३ ३११२८५ ६७००८९४१ ३२२६६१७०६१०.७९
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया