इन्द्रजात्राका मूर्तरअमूर्तसम्पदाबारे अभिलेखीकरण

काठमाडौं । काठमाडौंको सबैभन्दा जीवन्त पर्व मानिने इन्द्रजात्राको मूर्त तथा जीवन्तरअमूर्त सम्पदाको अभिलेखीकरण गरिएको छ ।
काठमाडौं महानगरपालिका-२३ को लगानीमा विज्ञहरूद्वारा अध्ययगन गरी ती मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको हो । आज हनुमानढोका दरबार सङ्ग्रहालयमा एक समारोहका बीच उक्त इन्द्रजात्राको मूर्त तथा जीवन्तरअमूर्त सम्पदाको अभिलेखीकरण गरिएको दस्तावेज विमोचन गरिएको छ ।
विमोचन समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले यस्ता सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न जरुरी रहेको र यो प्रयासको सराहना गरिन् । उनले महानगरले यहाँभित्रका सम्पदा संरक्षणका काम गर्दै आएको जानकारी दिँदै इन्द्रजात्राको अभिलेखीकरण दस्तावेज एउटा नमूना भएको बताइन् ।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका–२३ का अध्यक्ष मचाराजा महर्जनले इन्द्रजात्रा अन्तरराष्ट्रियकरण भइरहेको उल्लेख गर्दै यो अभिलेखमा हराइरहेका परम्परालाई पनि समावेश गरेर संरक्षण प्रयास गरिएको सुनाए ।
अब इन्द्रजात्राको रथमात्र रहने र लाखे नाचमात्र रहने स्थिति हो कि भन्ने चिन्ता भएकाले अभिलेखीकरणको प्रयास गरिएको उनले बताए । गएको वर्षदेखि नै यस्ता सम्पदा संरक्षणका लागि महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर बजेट विनियोजन गरिएको उनले जानकारी दिए । यो क्रम जारी रहने अध्यक्ष महर्जनको भनाइ थियो ।

प्रतिक्रिया