पताञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ती भएको छैन : अध्यक्ष नेपाल
नेपालखोज
२०८२ भदौ १४ गते १६:१९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पताञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ती नभएको बताएका छन्
शनिवार काठमाडौंमा समाजवादी प्रेस सङ्गठनको केन्द्रीय कमिटीको तेश्रो बैठकमा अध्यक्ष नेपालले संविधान कानुन अनुसार नै आफूले काम गरेको भन्दै पताञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ती नभएको बताए ।
हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती भयो भन्ने कुराका कुनै कानुनी आधार नरहेको उनको भनाइ छ । उनले आफूले कानुन विपरीतको कुनै काम नगरेकाले डटेर आफूमाथि लगाइएको आरोपको सामना गर्ने स्पष्ट पारे ।
त्यस्तै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी अर्को पार्टीमा समाहित हुने भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । उनले समान बिचार भएका पार्टीहरूबिच सहकार्य गर्दै अघि बढ्ने र समाजवादी मोर्चालाई बलियो बनाउने धारणा राखे ।
सम्बन्धित

प्रतिक्रिया