लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३४० एम्पुल, प्रोमेथाजाइन ३४० एम्पुल र बुप्रेनोर्फिन ३४० एम्पुल सहित सप्तरी छिन्नमस्ता गाउँपालिका-१ बस्ने १९ वर्षीय रंजित मेहतालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५४३१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–६ नागेश्वर गल्लीबाट अवैध लागूऔषध ट्रामाडोल १९० ट्याब्लेटसहित काठमाडौं नयाँबस्ती बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ घर भएका २३ वर्षीय सुरज रसाईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँकेको खजुरा गाउँपालिका–३ एक नम्बर बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बढैयाताल गाउँपालिका टेसनपुर बस्ने २० वर्षीय प्रसान्त चौधरी र गुलरिया नगरपालिका–१२ कालिनगर बस्ने २२ वर्षीय निरज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले भे.८ प ४८७८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको इनरूवा नगरपालिका–४ बसपार्कचोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका–६ बस्ने २८ वर्षीय हेमराज विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भोजपुरको भोजपुर नगरपालिका–९ पिङडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ६५० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–१२ बस्ने ३० वर्षीय रिजन श्रेष्ठ र टेम्केमैयुङ गाउँपालिका–२ बस्ने २८ वर्षीय सनुप राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले को.११ प ७६६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७६० मिलिग्राम सहित गोदावरी नगरपालिका–१ बस्ने डोटी शिखर नगरपालिका–८ घर भएका ३५ वर्षीय बिर बहादुर रावललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०४–००१ प ०६६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५९० मिलिग्राम सहित चुरे गाउँपालिका–३ बस्ने ३२ वर्षीय मोहन मल्ललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ ७४० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ बस्ने २३ वर्षीय बिजय विक र सोही उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय प्रदिप राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प २३४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलन चोकस्थित जयराम होटलबाट लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ६९० ग्राम सहित होटल संचालक बझाङ बुङ्गल नगरपालिका–८ घर भएका ३२ वर्षीय राम बोहरालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बाराको सिम्रौनगढ नगरपालिका–२ नयका टोला बाही टोल बस्ने ३५ वर्षीया रीता देवी यादवलाई लागूऔषध गाँजा करिब १३८ किलो ७ सय ग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८० मिलिग्राम सहित बाँसगढी नगरपालिका–५ बस्ने २६ वर्षीय राम चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया