एभरेष्ट बैंकले भारतमा पायो दुईवटा अवार्ड
नेपालखोज
२०८२ भदौ १४ गते १९:०५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड भारतमा बेस्ट कमर्सियल बैंकसहित दुई प्रतिष्ठित बैंकिङ अवार्ड पाएको छ ।
नेपालतर्फको ‘बेस्ट कमर्सियल बैंक’ र ’बेस्ट पर्फर्मेन्स अन प्रोफिटाविलिटी’ दुई विधामा एभरेष्टले विजेता हुँदै उक्त अवार्ड पाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिए ।
भारतको नयाँ दिल्लीमा शुक्रबार एक कार्यक्रमबिच बैंकका असिस्टेन्ट जनरल म्यानेजर अञ्जु शर्माले बैंकका तर्फबाट उक्त अवार्ड रिसिभ गरेकी छन् ।
इन्डियन चेम्बर अफ कमर्स १०० वर्ष पुगेको उपलक्ष्यमा भारतको नयाँ दिल्लीमा बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो ।
सम्बन्धित








प्रतिक्रिया